nepalecot.ktm@gmail.com +977 9843174793/4243027

राजविराजमा गोली चल्यो एक जना घाइते

राजविराज, पुस २४ । सप्तरीको राजविराजमा शुक्रबार दिउँसो गोली चलेको छ । अज्ञात समूहले चलाएको गोली लागी राजविराज–२ चनौराका १७ वर्षिय चन्द्रशेखर ठकुर घाइते भएका छन् ।
उनको बायाँ पाखुरामा गोली लागेको छ । घरतर्फ गैरहेको अवस्थामा बाटोमा उनलाई नचिनेका व्यक्तिले गोली हानेका थिए । गोली हान्ने समूहको पहिचान खुल्न सकेको छैन् । उनीहरुको खोजी कार्यभइरहेको प्रहरी निरीक्षक सुरज खड्काले बताए ।